आइतबार, पुष १३, २०८२

हत्याको अभियोगमा पक्राउ

मेरोन्यूज २०८१ भदौ १५ गते १९:१५

नुवाकोट । नुवाकोटको मेघाङ गाउँपालिका-३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङको हत्या गरेको अभियोगमा बिदुर नगरपालिका-७ कुबिण्डे बस्ने ६५ वर्षीय लाल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

मेघाङ गाउँपालिका-३ गोगनेस्थित उनीहरू बिच वादविवाद भई झै-झगडा हुँदा लाल बहादुरले ढुङ्गा प्रहार गर्दा चमारको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया