कलंकीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
मेरोन्यूज
२०८१ भदौ १५ गते २०:२७

काठमाडौँ । काठमाडौँको कलंकीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा९५प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१-००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बा ५२प ९६८० नंको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भइ बसमा ठोक्किएको थियो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया