रुसको सीमा क्षेत्र र राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनले सीमा क्षेत्र र राजधानी मस्कोमा रुसविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँचवटा ड्रोन ध्वस्त भएको बताएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार ब्रायान्स्क र भोरोनेज क्षेत्रमा उड्ने करिब ४० ड्रोनहरु ध्वस्त भएका छन् । उनले भने, ‘हामीलाई निकै कम क्षति भएको छ । दुईवटा इन्धन स्टेशन र एउटा भवनमा मात्रै क्षति पुगेको छ ।’ यद्यपी रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा सही जानकारी नदिएको बताइएको छ ।
ड्रोनको उत्पादन बढ्दै गएपछि युक्रेनले पनि रुसमाथि आक्रमण बढाएको छ । यसअघि रुसले युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा पनि आक्रमण गरेको थियो, जसमा १४ वर्षीया बालिकाको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरूले यो रुसी नियन्त्रित बम आक्रमण भएको बताएका छन् ।
यसबाहेक रुसी सीमा नजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो । जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए ।
पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई हटाएको केही घण्टापछि भएको हो । जेलेन्स्की आफैंले जान मिकोला ओलेस्चुकलाई आफ्नो पदबाट हटाएका छन् ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया