नेपालमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा धेरै होइन् बलिया राजनीतिक दलका आवश्यकता रहेको बताएका छन् । शनिबार नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा प्रज्ञा भवनमा आयोजित गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रममा बोल्दैं महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।
‘नेपालमा धेरै होइन् बलिया राजनीतिक दलको आवश्यकता छ,’ उनले भने, ‘मुलुकको समृद्धिका लागि तीन वटा आधार भिजनरी लिडरसीप, बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व आवश्यक छ ।’ उनले यो सामथ्र्य एमालेमा मात्रै रहेको बताए । ‘त्यसका लागि एमालेलाई बलियो राजनीतिक शक्तिका बनाउन चाहन्छौं,’ महासचिव पोखरेलले थपे ।
मुलुकको मौलिक संस्कृतिमाथि पछिल्लो समय प्रहार भइरहेको बताउँदैं महासचिव पोखरेलले यसले मुलुकलाई नै कमजोर बनाउने भन्दैं चिन्ता व्यक्त गरे । ‘पछिल्लो समय मुलुकको मौलिक संस्कृतिमाथि प्रहार भइरहेको छ, यसले मुलुकलाई कमजोर बनाउँछ,’ उनले भने, ‘जातीय अतिवादी, धार्मिक अतिवादी र धर्मान्तर गम्भीर समस्याका रुपमा देखिएका छन् ।’
यस्ता अतिवादबाट मुलुकको मौलिक संस्कृतिको रक्षा गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए । नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदूरपश्चिममा कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया