नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : प्रचण्ड

खजुरा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको बताएका छन्।
आज बिहान नेपालगञ्ज रङ्गशालाको अनुगमन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले नेपालगञ्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।
पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु भनेको खेलकुदप्रेमीका लागि उल्लेख्य प्रगति भएको अध्यक्ष दाहालले बताए । उनले भने, “यस क्षेत्रका खेलकुदप्रेमीलाई खेलप्रति थप आकर्षित गर्न नेपालगञ्ज रङ्गशालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।”
यसवर्ष कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिक पर्ने नेपालगञ्ज रङ्गशालामा पनि खेल पूर्वाधार आवश्यक पर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालगञ्ज रङ्गशालाको उपयोग गरेर फाइदा लिन खेलाडीलाई आग्रह गरे । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनले बताए ।
रङ्गशालाको अनुगमन गर्ने क्रममा विभिन्न खेलको अभ्यासमा गरिरहेका खेलाडीले अध्यक्ष दाहाललाई स्वागत गरेका थिए । उनिसँगै नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता थियो ।
आज र भोलि नेपालगञ्जमा हुन लागेको माओवादी केन्द्रको लुम्बिनी प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न अध्यक्ष दाहाल शनिबार बेलुका सुर्खेतबाट नेपालगञ्ज आइपुगेका हुन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया