पिकअपको ठक्करबाट रौतहटका व्यवसायीको मृत्यु
मेरोन्यूज
२०८१ भदौ १६ गते १६:२३

रौतहट । मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एकजना व्यवसायीको मृत्यु भएको छ ।
सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्वरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउदै गरेको मौलापुर नगरपालिका ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप भ्यान सहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई ईलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ ।
कोलहविका सई लालु यादवले पक्राउ परेका दुवैजनाले एक अर्कामाथि गाडी चलाएको बिबादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् ।
मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया