पिकअपको ठक्करबाट रौतहटका व्यवसायीको मृत्यु
मेरोन्यूज
२०८१ भदौ १६ गते १६:२३

रौतहट । मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एकजना व्यवसायीको मृत्यु भएको छ ।
सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्वरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउदै गरेको मौलापुर नगरपालिका ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप भ्यान सहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई ईलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ ।
कोलहविका सई लालु यादवले पक्राउ परेका दुवैजनाले एक अर्कामाथि गाडी चलाएको बिबादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् ।
मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया