बुधबार, वैशाख १७, २०८२

नाडा अटो मेला सम्पन्न : ८० हजारले गरे अवलोकन

मेरोन्यूज २०८१ भदौ १६ गते १९:१९

काठमाडौं । अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला १६औँ संस्करणको ‘नाडा अटो शो, २०२४’ सम्पन्न भएको छ । भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिन चलेको अटो शो आज सम्पन्न भएको हो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले आइतबार यस वर्षको सवारीसाधन प्रदर्शनी मेलाको समापन गरेका हुन्।

सो समापन गर्दै उनले अटो शोले दसैँको स्वागत गरेको र व्यवसायीमा उत्साह थपेको बताए ।

यस पटकको अटो शोमा २३ वटा चारपाङ्ग्रे, १८ वटा मोटरसाइकल तथा स्कुटर र १४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए । साथै, २६ वटा कम्पोनेन्ट कम्पनी, ७ वटा बैंक तथा वित्तीय संस्था र एउटा बीमा कम्पनीको सहभागीता थियो ।

यस वर्ष अटो शोमा विद्युतीय सवारी साधननै सबैको आकर्षणको केन्द्र बन्यो । अटो शोमा १९ लाखदेखि डेढ करोड बढी रुपैयाँका कारहरू प्रदर्शनीमा राखिएको थियो । त्यस्तै, दुईपाँग्रेतर्फ इलेक्ट्रीक स्कुटरदेखि एड्भेन्चर मोटरसाइकल समेत प्रदर्शनीमा थिए ।अटो शोमा २ हजार बढी गाडी बुकिङ भएका छन् भने ८० हजार बढीले अवलोकन गरेको नाडाले जनाएको छ ।

अटो शोमा सुजुकी, हुन्डाई, टाटा, किया, महिन्द्रा, एमजी, बीवाइडी, ओमोडारजेको, काई, लिप मोटर्स, रेडारा, आयोन, नेटा, जीकर, एक्सपेङ, अवतार, नामी, सेरेस, दिपल, स्काइवेल, हेनरी र बीएडब्लूले चार पाङ्ग्रे सवारी साधान प्रदर्शनी गरेका थिए ।

मोटरसाइकल ब्राण्डतर्फ बजाज, यामाहा, टीभीएस, हिरो, सुजुकी, रोयल इनफिल्डसहित सीएफ मोटो, गोगोरो, ग्यारो, जीहो, इलेक्ट्रीक वान, जोनसेन, ट्रायम्फ, एथर, एनआईयू, याडिया, बेनेली, भेस्पा, बीएमडब्ल्यू जस्ता ब्राण्डले सहभागिता जनाएका थिए ।लाइट कमर्शियलमा सेग्मेन्टमा केवाइसी, किङलङ, कामा, हाइगर, डोङफेङ, सीएचटीसी, हालमर्भ जस्ता ब्राण्ड सहभागी थिए ।
अटो शोमा छुट्टाइएको ४ क्याटगोरीमा पहिलो हुने स्टलहरुमा कम्पोनेन्टबाटनाडा अटो सोमा चारपांग्रेमा उत्कृष्ट स्टल अवार्ड सीजी मोटर्स प्रालिको रिडराले पाएको छ ।

त्यसैगरी दुईपांग्रेमा उत्कृष्ट स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले पाउँदा कमर्सियलमा एमएडब्लु वृद्धिको सेकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ।
ग्राहकसँगको व्यवहार, स्टलको डिजाइन, साउन्ड लगायत रहेका आधारमा स्टल अवार्ड दिइएको थियो।

प्रतिक्रिया