रियल म्याड्रिडको जितमा एम्बाप्पेको दुई गोल
मेरोन्यूज
२०८१ भदौ १७ गते ८:०५

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन् । उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए । ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन् ।
रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि चार खेलमा रियल म्याड्रिडको ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै रियल बेटिसको भने ३ खेलमा २ अंक रहेको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया