भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

गलकोट (बागलुङ)। हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले बागलुङ बजारमा रौनकता छाएको छ ।
बागलुङ बजारमा पछिल्लो दिनमा रोपाइँ नाच, कटुवाल नाच र जोगी नाच प्रदर्शन भइरहेका छन् । घोडा नाच, थेतर नाच, होवा नाच प्रदर्शनको तयारीमा छन् ।
यहाँको पुरानो विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र गुञ्जायमान भएको हो । लोपोन्मुख अवस्थाका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षण गर्न थालेका छन् ।
निकै खर्चिला मानिने थेतर, नागनागिनी र शिखारी नाच लोप भइसकेको छ । बागलुङमा नौ वर्षपछि हनुमान नाचसमेत देखाइएको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताए । शाक्य कल्याण समाजले लाखे र जोगी नाच संरक्षण गर्दै आएको छ । हनुमान नाच संरक्षण परिषद्ले हनुमान नाचलाई जीवित तुल्याएको छ ।
यस्तै नेवा ल्याम्ह पुच बागलुङले कटुवाल, होवा, घोडा नाच र रोपाइँ नाचलाई व्यवस्थित बनाएर देखाउँदै आएको छ । नेवा ल्याम्ह पुचकै अगुवाइमा वर्षौसम्म देखाउन नसकिएको बाटो नाप्ने परम्परा सुरु गरिएको छ । मङ्का खल बागलुङका अध्यक्ष मुशेकचन्द्र राजभण्डारीले गाईजात्रापछि बागलुङ बजारमा जात्राको रौनताका छाउने गरे पनि भदौरे जात्रा जोगाउनै मुश्किल भएको बताए ।
उनले बागलुङमा घण्टाकर्ण पर्वपछि लाखे नाच देखाइने, गाईजात्राका दिन बास्सा नाचसमेत देखाइने जानकारी दिनुभयो । “विसं १८४३ अघि बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायका शाक्य, श्रेष्ठ, राजभण्डारीलगायत समुदाय मिलेर वर्खे जात्रालाई संरक्षण गरिएको छ”, उनले भने, “सिखारी नाच, थेतर नाच र नाग नागिनी नाच लोप भइसके, लाखेको तीन नाचमध्ये एउटा मात्रै जीवित छ ।”
स्थानीय काजी गाउँले श्रेष्ठका अनुसार भदौरे नाच दुई सय ३८ वर्ष पुरानो हो । यसको संरक्षण गर्न स्थानीय तहले साथ दिनुपर्ने उनको भनाइ छ । श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गतका केही नाच खर्चिला भएकाले देखाउन छोडिएको बताए। अहिले भदौरे नाचका कारण बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण नौ वर्षपछि देखाइएको बताए।
गाईजात्राको दिन बास्सा नाच देखाइएको थियो । परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाच देखाउने भए पनि आर्थिक हैसियत हुनेले मात्रै उक्त नाच देखाउने गरेको पाइन्छ । भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि वर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको हुन्छ । घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने गर्दछन् ।
भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय हुने गर्छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ देखिने उत्साह र सहभागिताले संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ । भदौरे नाच बागलुङ बजारको इतिहाससँग जोडिएको छ । बागलुङ बजार स्थापनासँगै भदौरे नाच देखाउन थालिएकाले यो यस क्षेत्रको इतिहाससँग जोडिएको नेवार समुदायको भनाइ छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया