अवैध हतियारसहित रौतहटका यादव पक्राउ

रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एकजना नेपाली लाई अबैध हतियार सहित पक्राउ गरेको छ ।
तस्करहरुको समूहले गएराती रौतहटबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ल्याइरहेको बिशेष सूचनाको आधारमा एसएसबीको ७१औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले अबैध हतियार सहित नेपाली नागरिकलाई पिठवा गाउँ छेउ बगैंचामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको बौधिमाई नगरपालिका बंकुल गाउँका ३० बर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताएका छन् ।
यादवले कमरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद गरि आवश्यक कारवाहीको लागि झरौखर थानामा बुझाईएको कमान्डेन्ट कुमारले जानकारी दिएका छन् ।
पक्राउ परेका यादव समेतको तस्कर गिरोहले नेपालको बिभिन्न स्थान बाट लागुऔषध गाँजा भारतीय क्षेत्रमा तस्करीको माध्यमले पुर्याउने गरेको एसएसबीको ठहर रहेको छ।जिल्ला प्रहरी कार्यालय मोतीहारिका प्रमुख एसपी कान्तेश कुमार मिश्रले घटनाको पुष्टी गरेका छन्। अनुमण्डल पुलिस पदाधिकारी अशोक कुमार, सहायक कमान्डेन्ट विश्वास केएम, थानाध्यक्ष अभय कुमार सहितको टोलीले पक्राउ गरेको आरोपी सिकिन्दर यादव हाल नियन्त्रणमा रहेको तथा अदालत बाट म्याद थमाई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले पनि सिकिन्दर यादव अबैध हतियारसहित भारतीय क्षेत्रमा पक्राउ परेको पुष्टी गरेका छन ।











नि आजपा, जनादेश र लघुवित संघर्ष समितिबिच चुनावी तालमेल गर्ने सहमती
बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया