उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार
मेरोन्यूज
२०८१ भदौ १८ गते १०:०३

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिए ।
बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको छ ।
अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताए । वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरिसृपको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए ।
सम्बन्धित













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया