विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय
मेरोन्यूज
२०८१ भदौ १८ गते १६:३३

काठमाडौँ । आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय र खेल हुने स्थान तय गरेको छ ।
आइसीसीले जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल २०२५ को जुन ११ देखि १५ सम्म ईङल्याण्डको लर्ड्स मैदानमा हुने भएको छ । त्यस्तै आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रुपमा प्रयोग गर्न सकिने आइसीसीले जनाएको छ ।
यस अघि २०२१ र २०२३ मा पनि टेस्ट च्याम्पियनसिपको फाइनल खेल ईङल्याण्डमा नै खेलिएको थियो । २०२१ मा साउथहम्पटनमा र २०२३ मा द ओभल मैदानमा खेलिएको थियो ।
आइसीसीको टेस्ट च्याम्पियनसिपको फाइनलमा शिर्ष स्थानमा रहेका दुई देश बीच हुने छ । अहिलेसम्म शिर्ष दुई स्थानमा भारत र अस्ट्रेलिया रहेका छन् ।
टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण न्यूजील्याण्डले जितेको थियो भने दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । दुवै संस्करणमा उपविजेता भने भारत रहेको थियो ।
सम्बन्धित












एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै
जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
TikTok reveals Nepal’s top searches in 2025
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया