विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय
मेरोन्यूज
२०८१ भदौ १८ गते १६:३३

काठमाडौँ । आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय र खेल हुने स्थान तय गरेको छ ।
आइसीसीले जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल २०२५ को जुन ११ देखि १५ सम्म ईङल्याण्डको लर्ड्स मैदानमा हुने भएको छ । त्यस्तै आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रुपमा प्रयोग गर्न सकिने आइसीसीले जनाएको छ ।
यस अघि २०२१ र २०२३ मा पनि टेस्ट च्याम्पियनसिपको फाइनल खेल ईङल्याण्डमा नै खेलिएको थियो । २०२१ मा साउथहम्पटनमा र २०२३ मा द ओभल मैदानमा खेलिएको थियो ।
आइसीसीको टेस्ट च्याम्पियनसिपको फाइनलमा शिर्ष स्थानमा रहेका दुई देश बीच हुने छ । अहिलेसम्म शिर्ष दुई स्थानमा भारत र अस्ट्रेलिया रहेका छन् ।
टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण न्यूजील्याण्डले जितेको थियो भने दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । दुवै संस्करणमा उपविजेता भने भारत रहेको थियो ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया