जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु

घोडाघोडी (कैलाली), १८ भदौः जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिएकि छन् ।
जोशीकानुसार घोडाघोडी नगरपालिका–५का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गौरीगङ्गा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको जोशीले बताए। गौरीगङ्गामा छ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण पुष्टि हो ।
गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको उपचार भइरहेको छ । पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया