अफगानिस्तानमा भएको आत्मघाती बम विस्फोट गराएको आइएसको दाबी

इस्लामिक स्टेट (आइएस) ले मङ्गलबार अफगानिस्तानको राजधानीमा आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । एक दिनअघि भएको बम विस्फोटमा छ जनाको मृत्यु भएको थियो र आइएसले तालिबान सरकारको अभियोजन सेवालाई लक्षित गरेको बताएको छ ।
आइएसको अमाक मिडिया शाखाले टेलिग्राम मेसेजिङ एपमा भीडमा विस्फोट गर्नुअघि आत्मघाती आक्रमणकारीले अभियोजकका कर्मचारीले आफ्नो सिफ्ट छाड्ने समयसम्म प्रतीक्षा गरिरहेको बताएको छ ।
सोमबार राति काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दक्षिणी बाहिरी क्षेत्रमा भएको बम विस्फोटमा छ जनाको मृत्यु र १३ जना घाइते भएको बताए ।
यद्यपि आतङ्कवादी समूह आइएसको मिडिया शाखाले मृतकहरू र घाइतेको कूल सङ्ख्या ‘४५ भन्दा धेरै’ भएको बताएको छ । शाखाले बमबारी ‘तालिबान जेलहरूमा रहेका मुसलमानहरूको बदला लिन’ प्रतिबबद्ध रहेको बताएको छ ।
सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा हिंसा कम भएको छ तर आइएस समूहका क्षेत्रीय अध्यायले प्राय विदेशी, सर्वसाधारण र तालिबान अधिकारीहरूलाई निशाना बनाएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया