कांग्रेस र एमालेबीच कुनै मतभेद छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको जिकिर गरेका छन्।
आज काठमाडौँमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने दाबी गरे।
‘एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा यो बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन,’ सभापति देउवाले भने, ‘त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो। खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन। एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ। कति कुरा समस्या हुन सक्छन्।’
देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने देउवाको भनाइ थियो।
एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको देउवाले बताए।
सभापति देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताए । उनले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताए । सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया