म्यान्मा–लाओस सीमामा डुंगा दुर्घटना हुँदा २० जना बेपत्ता

लाओस, म्यान्मा र थाइल्यान्डको बिचमा अवस्थित ‘गोल्डेन ट्राएङ्गल’ क्षेत्रको मेकोङ नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा २० जना बेपत्ता भएका छन् । बेपत्ताहरूको मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।
थाइल्यान्डको उत्तरी चियाङ राई प्रान्तका प्रहरी प्रमुख मनोप सेनाकुलले बताएअनुसार उक्त तीन देश विभाजन गरेको नदीमा ‘तीव्र प्रवाह’ को समयमा सोमबार राति डुंगा दुर्घटना भएको हो । घटनामा परेका थप १६ जना म्यान्माका नागरिकको उद्धार गरिएको उनले जनाएका छन् ।
म्यान्माका सञ्चारमाध्यमले उल्लेख गरेअनुसार डुंगा लाओसबाट म्यान्मा जाँदै गर्दा इन्जिनमा समस्या आएपछि दुर्घटनामा परेको थियो ।
सामाजिक सञ्जालमा साभार गरिएको भिडियोमा नदीको लाओस छेउमा रहेका मानिसहरूले पानीबाट दुर्घटनामा परेका मानिसहरूलाई बाहिर निकाल्दै गरेको देखाइएको छ ।
अधिकांश बेपत्ता व्यक्ति पूर्वी म्यान्माको अर्ध–स्वायत्त क्षेत्र वाका भएको युनाइटेड वा स्टेट आर्मी (युडब्लुएसए) का प्रवक्ता न्यी रङले बताएका छन्।
घटनाको अनुसन्धान गरिरहेकाले वास्तविक विवरण अझै आउन सकिनरहेकोे अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार घटना लाओसको गोल्डेन ट्राएङ्गल स्पेशल इकोनोमिक जोन (एसईजेड) नजिकै भएको थियो ।
एसईजेड धेरै चिनियाँ स्वामित्वका क्यासिनो र होटलहरू रहेको स्थान हो ।
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया