भारत र सिङ्गापुरबीच चार महत्वपूर्ण सम्झौता

काठमाडौँ । भारत र सिङ्गापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायतका चार सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा सो जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार सेमीकन्डक्टर, डिजिटल प्रविधि, शिक्षा तथा सीप विकास, स्वास्थ्य र औषधि क्षेत्रमा सहयोगका लागि सम्झौता भएको छ । सिंगापुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार सिंगापुरको संसद भवन पुगेका थिए, जहाँ उनको स्वागत गरिएको थियो ।
प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वाङसँग भेट गरे र त्यसपछि दुई देशबीच द्विपक्षीय वार्ता भयो, त्यसपछि सम्झौतामा हस्ताक्षर भयो ।
प्रधानमन्त्री मोदीले लरेन्स वाङलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै भने, ‘सिंगापुर एउटा देश मात्र होइन, यो हरेक विकासशील देशका लागि प्रेरणा हो । हामी भारतमा धेरै सिङ्गापुरहरू पनि बनाउन चाहन्छौं र हामी यस दिशामा सँगै काम गरिरहेकोमा म खुसी छु ।
सेप्टेम्बर ४ मा सिंगापुर पुग्नुअघि प्रधानमन्त्री नरेन्द्र मोदी ब्रुनाई गएका थिए । यो सानो एसियाली देश ब्रुनाईको भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् । ब्रुनाई कम्बोडिया, इन्डोनेसिया, मलेसिया र सिङ्गापुर नजिकैको एउटा सानो देश हो, जसको जनसंख्या करिब ४ लाख ६१ हजार छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया