ट्रम्प र ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुँदै
मेरोन्यूज
२०८१ भदौ २० गते १५:११

काठमाडौँ । अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तीव्र गतिमा भइरहेकाे छ ।
यसैबीच रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहेकी कमला ह्यारिसबीच टेलिभिजन बहस हुने भएको छ । यी दुईबीच सेप्टेम्बर १० मा बहस हुने भएको हो ।
यस अघि ट्रम्प र बाइडेनबीच पहिलो बहस गत जुन २७ मा भएको थियो । सो बहसमा बाइडेनको कम्जोर प्रदर्शनपछि उनले उम्मेदवारी नै छोड्नु परेको थियो ।
यसैबीच ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी ह्यारिसलाई बिना कुनै अवरोध बोल्न दिने योजना बनाएको बताएका छन् । यो बहस पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर फिलाडेल्फियामा हुने भएको छ ।
उता ह्यारिसले पनि आफु ट्रम्पसँगको बहसका लागि तयार रहेको बताएकी छन् । पछिल्ला पोलले ट्रम्पलाई ह्यारिसले उछिनेकी छन् ।
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया