एनपीएलका ८ फ्रेन्चाइजीको चयन: पोखरा सबैभन्दा महंगोमा बिक्री

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ फ्रेन्चाइजीको मालिक बोलकबोलबाट तय गरेको छ ।
विहिबार भएको बिडिङमा नेपाल टी ट्वान्टी प्रालीले पोखराको फ्रेन्चाइजीका लागि सबैभन्दा बढी रकम खर्च गरेको छ । नेपाल टी ट्वान्टीले पोखरा टिमको स्वामित्व ३ करोड ५७ लाखमा किनेको हो ।
त्यस्तै काठमाडौं फ्रेन्चाइजीका लागि कान्तिपुर पब्लिकेसनले दोस्रो धेरै ३ करोड ३३ लाख ३ हजार ३३९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै एनपिएलको अर्को टिम जनकपुरका लागि तेस्रो धेरै रकम खर्च गरिएको छ । फ्रेन्चाइजी जनकपुरका लागि ड्रिम स्पोर्ट्सले २ करोड ५ लाख खर्च गरेको छ ।
त्यस्तै चौथो धेरै रकम लुम्बिनी फ्रेन्चाइजीका लागि फोर्चुन हेल्थ केयरले एक करो ८६ लाख ४ सयमा किनेको छ । त्यस्तै पाँचौं धेरै रकम चितवन टिमका लागि चितवन मेडिकल कलेज (सिएमसी) ले १ करोड ७६ हजार १ हजार खर्च गरेको छ ।
त्यस्तै इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व १ करोड ६८ लाख ८८ हजार ८८८ मा किनेको छ । त्यसैगरी अर्को टिम विराटनगरको स्वामित्व भने एमएडी ड्रिम स्पोर्टसले १ करोड ५१ हजारमा किनेको छ । त्यस्तै कर्णाली फ्रेन्चाइजीको स्वामित्व भने हिमालयन बुल्डर्सले १ करोड ११ लाख ७० हजारमा किनेको क्यानले जानकारी दिएको छ ।
एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म हुने क्यानले यस अघि नै जानकारी दिइसकेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया