नुवाकोटमा राहदानीको आवेदन सङ्कलन अनिश्चित समयका लागि स्थगित

त्रिशूली (नुवाकोट) । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत सहजीकरण गरेर प्रवाह भइरहेको राहदानी सेवा अनिश्चित समयका लागि स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार विद्युतीय राहदानीको बायोमेट्रिक विवरण सङ्कलन प्रणालीमा प्राविधिक समस्या देखिएकाले अनिश्चित समयका लागि सेवा रोकिएको हो ।
“राहदानी विभागमार्फत प्रवाह हुने राहदानी सेवा जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमार्फत आवेदन सङ्कलन र वितरणका लागि सहजीकरण हुने गरेको छ,” प्रजिअ अधिकारीले भन्नुभयो, “पछिल्ला दिनमा राहदानीको बायोमेट्रिक विवरण सङ्कलनको सर्भर (नेटवर्क)मा लगातार समस्या देखिएकाले सेवाग्राहीलाई परेको समस्या मध्यनजर गर्दै तत्कालका लागि सेवा रोकिएको हो ।”
राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयबीचको सर्भरमा प्राविधिक समस्या देखिएको छ । सोही कारण बायोमेट्रिक विवरण सङ्कलनमा कठिनाइले तत्कालका लागि राहदानीको आवेदन फाराम सङ्कलन स्थगित गर्न बाध्य भएको प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।
प्रशासन कार्यालय नुवाकोटले दैनिक ८० जनादेखि एक सयसम्मको आवेदन सङ्कलन गर्दै आइरहेको थियो । छपाइ भएर प्राप्त भएको राहदानीको वितरण कार्य भने सञ्चालन रहेको कार्यालय जनाएको छ ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया