क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पुरा गरे ९०० गोल
मेरोन्यूज
२०८१ भदौ २१ गते ८:३०

काठमाडौँ । पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गत क्रोसियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा डियोगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि पोर्चुगलका डोलाटले नै आत्मघाती गोल गरेका थिए ।
रोनाल्डोले आफ्नो क्यारियरमा ९००औं गोल गरेका छन् । रोनाल्डोले क्लबबाट ७६९ र पोर्चुगलका लागि १३१ गोल गरेका छन् ।
पोर्चुगलले अब नेसन्स लिगको दोस्रो खेलमा सेप्टेम्बर ९ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै क्रोसियाले सेप्टेम्बर ९ मा पोल्याण्डसँग खेल्दै छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया