श्रीलंका स्क्वाडसँग नेपाल ५ विकेटले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्धको खेलमा हार बेहोरेको छ । श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १६० रनको लक्ष्य पछाएको श्रीलंका डेभलपमेन्ट टिमले २६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि नेपालले पहिला ब्याटिंग गर्दै ४० ओभरमा १५९ रन बनाएर अल आउट भएको थियो ।
यस खेलमा नेपालका लागि सोमपाल कामीले कप्तानी गरेका छन् ।
नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गएपनि यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल बर्षाले रद्ध भएका थिए ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया