गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरूले महत्त्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गरेका छन्।
मोरङ निर्माण व्यवसायी संघको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उनले व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए । उनले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुने गरी नीति नियम सच्चाइने प्रतिबद्धता व्यक्त गरे । उनले भने , “चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ ।” साथै उहाँले व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि व्यक्त गरे।
निर्माण व्यवसायी महासंका अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरू गम्भीर आर्थिक समस्यामा परेका बताए। उनले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायी सङ्घका कारण २५ लाखले रोजगारी पाएका बताए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया