जर्मनीको जंगलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्निनियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् ।
हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो।
स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्निनियन्त्रक, विमान र हेलिकप्टरहरू तैनाथ गरिएको छ र वरपरको क्षेत्र बन्द गरिएको छ।
शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन वटा विमान र अर्को हेलिकप्टर पनि यस प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ ।
अधिकारीले भने, “थप विमानका लागि अनुरोध गरिएको छ। अग्निनियन्त्रकहरूले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।”
पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ र शुक्रबार दिउँसो बसमार्फत् ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ ।
सन् २०२२ को सेप्टेम्बरमा हर्ज पर्वतको जङ्गलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपतकालीन अवस्थाको घोषणा गरी सयौँ अग्निनियन्त्रकहरूले केही दिनसम्म दिनरात काम गरेका थिए ।
अन्य देशहरूजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ।
वैज्ञानिकहरूले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यस वर्ष पनि संसारभर मौसमी सङ्कटको सामना गरिरहेका छन् ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया