एमालेले धितोपत्र लिए लगानी बोर्ड कांग्रेसले पाउनुपर्ने दावी

काठमाडौं । धितोपत्र बोर्ड र लगानी बोर्डको रिक्त प्रमुख पदमा नेपाली कांग्रेस र नेकपा एमालेबिच आफ्ना निकट व्यक्ति ल्याउन भागबन्डाका लागि छलफल सुरु भएको छ ।
धितोपत्र बोर्डको अध्यक्षका लागि एमालेले आफ्नो दाबी यसअघिनै सार्वजनिक गरिसकेको छ । एमाले र माओवादी सरकार ढल्नुको मुख्यकारणनै धितोपत्र बोर्डमा दुबै पार्टीको दावी हुनु प्रमुख कारण थियो ।
यससँगै नयाँ सरकारबन्दा एमालेले धितोपत्रमा आफ्नो सिट सुरक्षित गरिसकेको ठानिएको छ ।
यता लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौट प्रक्रियाअघि बढेसँगै कांग्रेसभित्र लगानी बोर्ड कांग्रेसले छोड्न नहुने चर्को दवाव पर्न थालेको छ ।
धितोपत्र बोर्ड एमालेले लैजाने सहमति भएकोले कांग्रेसले स्वतः लगानी बोर्ड पाउनुपर्ने चर्को आवाज उठेको छ ।
केहि समयपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद पनि रिक्त हुँदैछ । गभर्नर पद पनि एमालेकै दावी रहने निश्चित छ । त्यसैले कांग्रेसमा गभर्नर वा लगानी बोर्डमध्ये एक लिनैपर्ने आन्तरिक दबाब छ ।
गभर्नर एमालेले छोड्ने सम्भावना कम रहेकोले बरु दवाव दिए लगानी बोर्ड एमालेले छोड्न कांग्रेसको आँकलन छ ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सूचीकृत भएका पाँच जनासँग मंगलबार अन्तर्वार्ता लिँदैछ ।
सूचीकृत भएकाहरुमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र काठमाडौंका भीष्मराज ढुंगाना छन्।
मंगलबार पाँचै जनाले पेश गरेको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपछि तीन जनाको छनौट गरिनेछ । छनौट गरिएका तीन जनामध्येबाट सम्भवत आगामी मन्त्रिपरिषद् बैठकले एक जनालाई बोर्डको सीईओ नियुक्त गर्नेछ ।
सूचीकरणमा परेका पाँच जनामध्ये ढुंगाना, काफ्ले र ज्ञवालीबिच सिइओ बन्न तिब्र प्रतिस्पर्धा हुने ठानिएको छ ।
ज्ञवाली र ढुंगाना एमाले निकट मानिन्छन् भने काफ्ले कांग्रेस निकट मानिन्छन् । काफ्लेलाई जिलाबासीको नाताले राष्ट्रपति रामचन्द्र पौडेलको पनि साथ रहेको छ ।
ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी रहिसकेका छन् भने ढुंगाना धितोपत्र बोर्डका पूर्वअध्यक्ष रहिसकेका छन्।
काफ्ले गण्डकी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् ।
यी मध्ये शैक्षिक क्षेत्रमा विषयगत हिसाबले काफ्ले अरु उम्मेदवारभन्दा धेरै अघि छन् । काफ्लेले ु नेपालको आर्थिक कुटनीतिको प्रभावकारिता अध्ययन ु विषयमा एमफिल गरेका छन् । उनी आफ्नो ब्याचमा टपर समेत हुन् । त्यस्तै अर्थशास्त्र पिएचडी गरेका छन् । त्यस्तै ढुंगानाले व्यवस्थापन विषयमा डिग्रीमात्रै गरेका छन् ।
ज्ञवालीको भने इन्जिनियर हुन् । पुननिर्माण प्राधिकरणमा इन्जिनियर ब्याकग्राउण्डले उनलाई कामगर्न सहज बनाएको थियो । तर लगानी बोर्डमा भने अर्थशास्त्र, व्यवस्थापन व्याकग्राउण्डकै मान्छे उपयुक्त हुने ठानिएको छ ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
प्रतिक्रिया