कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो

काठमाडौँ। राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो ।
यससँगै कोशीले तीन खेलबाट नौ अङ्क बटुल्दै अङ्क तालिकाको पहिलो स्थानमा उक्लेको छ । पराजित कर्णालीको भने एक अङ्क छ । यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो । त्यस्तै यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय ब्यहोरेको थियो ।
आज कोशीको जितमा पूर्णीमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक÷एक गोल गरे । कोशीकी पूर्णीमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसपछी खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् । त्यसको पाँच मिनेटपछि पूर्णीमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीले कर्णालीमाथि ४–० को जित निकाल्यो ।













नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया