लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी पर्यटन सर्किट बनाउने योजना अगाडि सारेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी बृहत् योजना निर्माण तथा त्यसको गरेर आर्थिक स्वरोजगारमार्फत अगाडि बढ्ने योजना रहेको बताए ।
मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योग्दान पु¥याउने गरी बृहत् योजना निर्माणको चरणमा रहेको जानकारी दिए। “गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरवार सङ्ग्रहालय, रुरु क्षेत्र, रेसुङ्गा, अर्घाखाँचीको छत्रमहाराज, बल्कोट, सुपादेउराली, प्यूठानको स्वर्गद्वारी, रोल्पाको युद्ध सङ्ग्रहालय, रुकुम पूर्वको सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्नेगरी पर्यटन सर्किट निर्माण गर्ने योजना छ”, उनले भने,“पर्यटकीय स्थल थुपै्र छन् । यहाँ भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तव्यस्थलमा पु¥याउन सकियो भने सोचेको जस्तो विकास हुनेछ । त्यसैले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटका रूपमा विकास गर्ने योजना निर्माण गरिहरको छौँ ।” साथै युवालाई उत्पादनसँग जोड्नका लागि सरकारले काम गरिरहेको पनि उनले जानकारी गराए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको र जिल्लाबाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका बिल मन्त्रालयमा पेस नगरिने स्पष्ट पारेका छन् । फजुल खर्च रोक्न पूर्वविशिष्ट व्यक्तिहरुको सेवासुविधा खारेज गरिएको पनि उनले जानकारी दिए ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया