सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो सर्वाधिक बिक्री गर्ने डिलर

काठमाडाैं । अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा पुतलीसडकस्थित शुभ यात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ।
सर्वोत्कृष्ट डिलर बन्न सफल भएकोमा शुभ यात्रा कलेक्सनका अध्यक्ष दर्शन खनाललाई जगदम्बा मोबाइल्सका एक्जिक्युटिव डाइरेक्टर सक्षम जाटियाले टिभिएस् रोनिन मोटरबाइक र टिभिएस् एन्टर्क स्कुटर प्रदान गरेका छन्।
विजेता भएकोमा खुसी व्यक्त गर्दै खनालले भने, ‘कडा परिश्रमको प्रतिफल पाउँदा खुशी छु। राम्रो काम गर्ने आफ्नो डिलरलाई पुरस्कार प्रदान गरेर सम्मान गरेकोमा सफारी ब्याग्सलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई आशा छ, यसले आगामी वर्ष अन्य डिलरलाई मभन्दा राम्रो बिक्री गर्न हौसला प्रदान गरेको छ,’ उनले भने।
त्यसैगरी सफारी ब्याग्सका बिजनेस हेड सन्तोष श्रेष्ठले भने, ‘ शुभ यात्रा कलेक्सनको सफलता हामी सबैको लागि गौरवको विषय हो । सफारी ब्याग्सले बजार र ग्राहकको माग अनुसार उच्च गुणस्तरको लगेज र ब्याकप्याकहरु अन्तरर्राष्ट्रिय वारेन्टीका साथ आकर्षक मुल्यमा उपलब्ध गराउँदै आएका छ। हाम्रो लगेज र ब्याकप्याकहरु उच्च गुणस्तरीय हुनुको साथै आफ्टर सेल्स सर्भिस पनि राम्रो भएकोले हामीलाई ग्राहकहरुले सर्वाधिक रुचाउनुभएको छ ।’















क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया