रास्वपाको प्रश्न : कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीमा छानबिन हुन्छ की हुदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको सहकारी ठगी प्रकरणमा मुछिएको विषय संसदमा उठाएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरेका हुन् ।
उनले भने- ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के-के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ । म गुरुङमाथि छानबिन हुन्छकी हुदैन भनेर म कांग्रेसका सांसदहरुमाथि प्रश्न गर्न चाहन्छु । साथै सहकारीको ठगि लुकाउन उहाँले सम्बन्ध बिच्छेद गरेको समेत कुरा बाहिर आएको छ ।’
सांसद पराजुलीले सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न समेत माग गरेका छन् ।
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया