कर्मचारीको खाजा समयबारे ओली झुक्किए वा झुक्याइए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आफ्नो आधिकारिक फेसबुकमा लेख्दै सरकारी कर्मचारीको खाजा समय १ घण्टाबाट घटाएर आधा घण्टा बनाइएको बताएका थिए ।
उनले खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएकाले समय घटाएर दिउँसो १:३० देखि २ बजेसम्म कायम गरिएको जनाएका थिए । तर ओलीले यो घोषणा गर्नु अगावै अघिल्लो सरकारले कर्मचारीकाे खाजा समय आधा घण्टा तोकिसकेको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले खाजा समय आधा घण्टा गर्ने निर्णय गरेकाे थियाे । उक्त निर्णयका आधारमा २०८० माघ २९ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशित २०८१ सालको चाडपर्व तथा बिदा सम्बन्धी सूचनामा सरकारी कार्यालयका कर्मचारीको खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म निर्धारण गरिएको छ।
राजपत्रकाे भाग ५ काे ‘घ’ मा लेखिएकाे छ, ‘खाजा समय : दिउँसाे १:३० बजेदेखि २ बजेसम्म हुनेछ । यससम्बन्धी सुचना हरेक कार्यलयको सुचना पार्टीमा टाँस गरिनुपर्नेछ र खाजा समय बाहेकको अन्य समय सेवन प्रवाह र कार्यालयको काम नरोकिने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनु पर्नेछ ।’

यसरी राजपत्रमा नै प्रकाशित भइ कार्यान्वयनमा आइसकेकाे विषयलाई सस्तो लोकप्रियताका लागि पु:न दोहोर्उनाले प्रधानमन्त्री ओलीको कार्यशैलिमाथि प्रश्न उब्जिएकाे छ ।
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया