भियतनामा आँधीका कारण ५९ जनाको मृत्यु

काठमाडौँ । भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तिमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ ।
काओ बङ्ग प्रान्तमा बर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ ।
फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना वेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ ।
यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो । देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ ।
आँधीपछि परेको बर्षाले आएकोे बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् ।
बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ ।
यागी जस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधीबेहरीलाई थप उर्जा दिँदा हावाको गति बढ्ने र भारी वर्षा हुने क्रम बढेको ‘अर्थ अब्जरभेटरी अफ सिङ्गापुर’का निर्देशक बेन्जामिन होर्टनले बताए ।











थारु संस्कृतिमा रङ भर्दै सोमिना
बैतडी जिप दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया