भारतको दार्जिलिङमा ८ नेपाली सम्मानित

रौतहट । भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ ।
आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण्डो नेपाल फ्रेन्डशिप पुरस्कारसहित सम्मानित गरिएको हो । महानंद सरकारको अध्यक्षता तथा ग्लोबल ह्युमन राइट प्रोटेक्शन फाउंडेशन रिसर्च इन्स्टिच्युटद्वारा आयोजित पुरस्कार समारोहको प्रमुख अतिथिमा समाजसेवी अशोक अग्रवाल रहेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि अग्रवालले ग्लोबल ह्युमन राइट प्रोटेक्शन फाउन्डेशन समाजको विभिन्न क्षेत्रमा काम गरिरहेको बताएका थिए । फाउन्डेसन मानव अधिकार, महिला माथी अत्याचार, कोविडको संकटको समयमा मानवीय सेवा प्रदान गरेको थियो ।
इण्डो-नेपाल फ्रेण्डशिप पुरस्कार जनकपुरका पत्रकार मिश्री लाल मधुकर, पूर्व प्रदेश सांसद नेत्र बिक्रम साह, महिला नेत्री तथा समाज सेविका सुनीता साह (क्रान्ति) डाक्टर नवल किशोर साह, डाक्टर अनिशा अछामी, युवा अभियन्ता समोद कुमार साह, समाजसेवी कामेश्वर साह, महमद अनवर अली लाई प्रशंसा पत्र,मेडल प्रदान गर्नुका साथै खाँदा ओढाएर सम्मानित गरिएको थियो ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया