सरकारको पक्षमा एकढिक्का हुने सत्तारुढ दलहरुको निष्कर्ष

काठमाडौं । सत्ता साझेदार दलहरुले सरकार र संसदलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सत्ताको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन् ।
‘सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने । उनका अनुसार सत्ता साझेदार दलहरु एकढिक्का भएर उभिनकै निम्ति न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्य सुरु भएको हो ।
आइतबार साँझ कांग्रेस र एमालेका नेताहरुको बैठकबाटै न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन भइसकेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।
प्रमुख सचेतक घिमिरेले कार्यदलबाट बन्ने मस्यौदामाथि अरु सत्ता साझेदार दलहरुको धारणा पनि राखिनेछ । तर प्रमुख दल कांग्रेस र एमाले नै भएकाले दुई दलका नेताहरु रहेको मस्यौदा कार्यदल बनेको उनले बताए ।विशेषगरी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिका कारणले गलत प्रचार भइरहेको बर्ताैलाले बताए । ‘नेपाललाई बंगलादेश बनाइदिन्छु भन्ने जस्तो कुरा आउने, संविधान संशोधनबारे गलत हल्ला चलाउने भएपछि हामीले छलफल थालेका हौ’, उनले भने ।
कांग्रेसका प्रमुख सचेतक घिमिरेले पनि संविधान संशोधनबारे सकेसम्म धेरैलाई सहभागी गराउनेगरी छलफल थालेको बताए ।
‘संविधान संशोधनबारे प्रधानमन्त्री पनि प्रष्ट हुनुहुन्छ, हामी पनि प्रष्ट छौं’, घिमिरेले भने, ‘यो सात बुँदे गरे जस्तो सजिलो विषय होइन । त्यसैले बढी भन्दा बढी सहमति जुटाएर संशोधन गर्न धेरै छलफलको पनि जरुरी पर्छ ।’
छलफलपछि घिमिरेले सात बुँदे सहमतिमा कांग्रेस प्रतिबद्ध रहेको पनि बताए । ‘कांग्रेस ७ बुँदे सहमतिप्रति प्रतिबद्ध छ, बाहिर गएर कुनैपनि काम गर्दैन’, उनले भने ।
नेताहरुका अनुसार संविधान संशोधनका लागि सत्तारुढ सबै दल सहमत छन् । तर एजेण्डा आ–आफ्नो छ ।
बैठकमा साना दलहरुले संविधान संशोधनमा पनि साझा धारणा बनाउन कार्यदल बनाउन सुझाएका छन् । ‘संविधान संशोधनमा हाम्रो विमती छैन । तर कसैले के विषयमा खोजेका छन्, कसैले के’, एक नेता भन्छन्, ‘सबैको मत एक ठाउँमा राख्ने र साझा धारणा बनाउन कार्यदल बनाउने सल्लाह भएको छ ।’
बैठकमा प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको भूमिकाप्रति असन्तुष्टि समेत जनाएका छन् । एक सहभागीका अनुसार सत्य निरुपणसम्बन्धी विधेयक पास भएपछि आयोग गठनका लागि सहमति खोज्नुपर्ने थियो । तर प्रचण्डले त्यसको साटो उत्तेजनाको राजनीति गर्न खोजेको उनको गुनासो छ ।
सत्तारुढ दलहरुको बैठकमा संसदमा विचाराधीन विधेयकहरुलाई सहमति खोज्दै संसदलाई विजनेश दिने विषयमा पनि सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।















बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया