बुधबार, पुष १६, २०८२

उपसभामुखलाई राजीनामा दिन एमाले सांसदको सुझाव

मेरोन्यूज २०८१ भदौ २५ गते १४:१३

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुखको नैतिकताको प्रश्न उठेको बताए ।

उनले भने, ‘अहिले सदनभित्र र बाहिर उपसभामुखको बारेमा कुरा उठिरहेको छ । नैतिकता र पदिय मर्यादाको कुरा उठेको छ । मानव तस्करीको कुरा उठेको छ । उपसभामुखजस्तो व्यक्तिमाथि प्रश्न उठेपछि राजीनामा दिन माग गर्छु ।’

प्रतिक्रिया