काठमाडौंकाे सिडिओमा आचार्य

काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँलगायत केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । मङ्गलवार राति मन्त्रालयले काठमाडौँ लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ भने त्यहाँका प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको छ ।
आचार्य यसअघि ललितपुर , कास्कीलगायत जिल्लाकाे सिडिओको रुपमा काम गरिसकेको अनुभव छ । अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।
रक्षामन्त्रालयबाट हालै गृहमन्त्रालयमा सरुवा भएर आएका सहसचिव लीला प्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । उपसचिव बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया