लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरू को लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित रहेको कम्पनीले बताएको छ ।
सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ । केईको शोरुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आई सकेको छ । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडी को लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ । सेन्टरमा सबै प्राविधिकहरू इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न् ।
सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिसबेहरू जडान गरिएको छ ।
ग्राहकको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकहरूको सहजता र सहुलियतताको लागि सोस्टेसन सञ्चालनमा ल्याएको हो ।










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया