खेल क्षेत्रको विकास गर्न पौवादुङमाद्वारा प्रशिक्षक नियुक्त

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले खेल अभ्यास र विकासका लागि खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक गाउँपालिकाले आधिकारिक रुपमा खेल प्रशिक्षक नियुक्त गरेको हो ।
गाउँपालिकामा सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यले ऐन जारी गरेर खेलकुद विकास समिति गठन पश्चात् आधिकारिक रुपमा प्रशिक्षक नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । पालिकाको गरिमा बढाउँदै राष्ट्रका लागि असल र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचका साथ खेल क्षेत्रको विकासमा जुटेको उनले बताए ।
“अन्य क्षेत्रको योजनाबद्ध विकाससँगै समग्र खेल क्षेत्रको विकासमा पनि पालिका योजनाबद्ध रुपमा जुटेको छ”, अध्यक्ष राईले भने, “हामीले ऐन बनाएर खेलकुद समिति गठन गरेका छौँ । दक्ष र व्यावसायिक खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” उनका अनुसार दीपक आलेलाई खेलकुद प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।
यहाँका नौ स्थानीय तहमध्ये यसरी ऐन बनाई खेलकुद विकास समिति गठन गरेर प्रशिक्षक नियुक्त गर्ने पौवादुङमा गाउँपालिका पहिलो स्थानीय तह बनेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया