खेल क्षेत्रको विकास गर्न पौवादुङमाद्वारा प्रशिक्षक नियुक्त

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले खेल अभ्यास र विकासका लागि खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक गाउँपालिकाले आधिकारिक रुपमा खेल प्रशिक्षक नियुक्त गरेको हो ।
गाउँपालिकामा सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यले ऐन जारी गरेर खेलकुद विकास समिति गठन पश्चात् आधिकारिक रुपमा प्रशिक्षक नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । पालिकाको गरिमा बढाउँदै राष्ट्रका लागि असल र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचका साथ खेल क्षेत्रको विकासमा जुटेको उनले बताए ।
“अन्य क्षेत्रको योजनाबद्ध विकाससँगै समग्र खेल क्षेत्रको विकासमा पनि पालिका योजनाबद्ध रुपमा जुटेको छ”, अध्यक्ष राईले भने, “हामीले ऐन बनाएर खेलकुद समिति गठन गरेका छौँ । दक्ष र व्यावसायिक खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” उनका अनुसार दीपक आलेलाई खेलकुद प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।
यहाँका नौ स्थानीय तहमध्ये यसरी ऐन बनाई खेलकुद विकास समिति गठन गरेर प्रशिक्षक नियुक्त गर्ने पौवादुङमा गाउँपालिका पहिलो स्थानीय तह बनेको छ ।













भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया