गाजास्थित एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको मृत्यु

काठमाडौँ । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।
गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ ।पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ ।
“ इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल-जौनी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ । आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान लिएको छ । यसैगरी आक्रमणमा १८ भन्दा बढी घाइते भएको गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्टसङ्घीय एजेन्सीलाई उद्धृत गर्दै टेलिग्राममा लेखेका छन् ।
युएनआरडब्लुएले नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना छ जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।
मृतकमध्ये आश्रयका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका अन्य सदस्यहरू रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
गाजामा धेरै विद्यालयहरू विस्थापितलाई आश्रय दिन पुनः निर्माण गरिएको छ भने विद्यमलयमा बारम्बारको युद्धले विथोलिएका गाजाको जनसङ्ख्याको ठुलो हिस्साले आश्रय लिई रहेको छ ।
इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै प्यालेस्टिनी तथा विस्थापित नागरिकबिच लुकेको आरोप हमासले अस्वीकार गरेको छ ।
इजरायली सेनाले विज्ञप्तिमार्फत अल–जावनी क्षेत्र भित्र हमासको कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया