कृषिबाट समृद्धि हासिल गर्न सकिन्छ : नेता कोइराला

लेखनाथ (कास्की) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
बिपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘नेपालमा कृषि क्रान्ति : सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले भने, “सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”
युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको उल्लेख गर्दै उनले आफ्नो परिवारको मुख्य पेसा पनि कृषि नै भएको बताए । नेपालमा थुपै्र कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारीको परिमाण घटाउँदै जानुपर्ने नेता कोइरालाको भनाइ थियो । “कृषिमा आत्मनिर्भर हुन सके नेपालको अर्बौ रुपैयाँ नेपालमै रहन्छ”, उनले भने ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपी कोइरालाको विचारलाई आत्मसात गर्दै कृषि क्रान्ति ल्याउन सके नेपालीको भविष्य यसैमा हुने बताए। प्रजातन्त्रमा नेपाली जनता नै मालिक हुने भएकाले उनीहरु कै सेवामा दलका नेताहरु लाग्नुपर्ने उनको भनाइ थियो । कृषिलाई केन्द्रविन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको सभापति शर्माले बताए ।
नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आबद्ध भएको नेपालमा कृषिलाई वैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बताए । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको उनको भनाइ थियो । “कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्छ”, उनले भने ।
कार्यक्रममा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेले पनि आफ्नो धारणा राखेका थिए ।
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया