उत्तरपूर्वी कङ्गोमा सशस्त्र समूहद्वारा २० जनाको हत्या

संदिग्ध इस्लामिक स्टेट (आइएस) सँग सम्बद्ध एडिएफ विद्रोहीहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेको स्थानीय स्रोतहरूले बिहीबार बताएका छन् ।
“पीडितहरूलाई मङ्गलबार एडिएफले छापा मार्दा एडिएफ र अन्य मिलिसिया समूहहरूको नियमित लक्षित क्षेत्र मम्बासाको बबिला बाबोम्बीमा बन्धक बनाएका थिए”, प्रहरी प्रशासक मतादी मुयापन्डीले भने, “१६ पुरुष र चार महिला गरी २० जना मारिएका छन् ।”
उन्सका अनुसार भागेका चार जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
एडिएफको कार्यप्रणाली अनुसार पीडितहरूको शीरच्छेदन गरिएको थियो । पछिल्लो तीन दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उपस्थिति स्थापित गरेका मूल रूपमा मुस्लिम युगान्डाका विद्रोहीहरूले हजारौँ नागरिकको हत्या गरेका छन् ।
हालैका महिनाहरूमा यस्ता प्रकारका धेरै आक्रमण देखिएका छन् । मम्बासाका मानवाधिकार रक्षक र्याम्स मलिकिडिगोले भन्नुभयो, “वरपरका गाउँहरूमा भएका धेरै आक्रमणमा पीडितहरूलाई पक्राउ गरिएको थियो र त्यसपछि उनीहरूलाई मार्नका लागि जङ्गलमा जम्मा गरियो ।”
नाम उल्लेख नगर्ने शर्तमा स्थानीय सहायताकर्मीले पीडितहरू सुन खानी, व्यापारी र किसान रहेको बताए । “सुनसान स्थानमा हत्या गरियो, शवहरू बरामद गर्न र उनीहरूको सम्मानका साथ अन्त्येष्टि गर्न सेनाको उपस्थिति आवश्यक छ”, उनले भने ।
एडिएफले सन् २०१९ मा इस्लामिक स्टेट समूहप्रति वफादारीको वाचा गरेको थियो । एडिएफमाथि कङ्गोका नागरिकको नरसंहारका साथै छिमेकी युगान्डामा आक्रमण गरेको आरोप लगाइएको छ ।
सन् २०२१ को अन्त्यमा कङ्गो र युगान्डाका सेनाहरूले उत्तरी किवु र छिमेकी प्रान्त इतुरीमा एडिएफविरुद्ध संयुक्त अभियान सञ्चालन गरे पनि अहिलेसम्म सर्वसाधारणमाथि घातक आक्रमणलाई रोक्न सकेका छैनन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया