उत्तरपूर्वी कङ्गोमा सशस्त्र समूहद्वारा २० जनाको हत्या

संदिग्ध इस्लामिक स्टेट (आइएस) सँग सम्बद्ध एडिएफ विद्रोहीहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेको स्थानीय स्रोतहरूले बिहीबार बताएका छन् ।
“पीडितहरूलाई मङ्गलबार एडिएफले छापा मार्दा एडिएफ र अन्य मिलिसिया समूहहरूको नियमित लक्षित क्षेत्र मम्बासाको बबिला बाबोम्बीमा बन्धक बनाएका थिए”, प्रहरी प्रशासक मतादी मुयापन्डीले भने, “१६ पुरुष र चार महिला गरी २० जना मारिएका छन् ।”
उन्सका अनुसार भागेका चार जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
एडिएफको कार्यप्रणाली अनुसार पीडितहरूको शीरच्छेदन गरिएको थियो । पछिल्लो तीन दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उपस्थिति स्थापित गरेका मूल रूपमा मुस्लिम युगान्डाका विद्रोहीहरूले हजारौँ नागरिकको हत्या गरेका छन् ।
हालैका महिनाहरूमा यस्ता प्रकारका धेरै आक्रमण देखिएका छन् । मम्बासाका मानवाधिकार रक्षक र्याम्स मलिकिडिगोले भन्नुभयो, “वरपरका गाउँहरूमा भएका धेरै आक्रमणमा पीडितहरूलाई पक्राउ गरिएको थियो र त्यसपछि उनीहरूलाई मार्नका लागि जङ्गलमा जम्मा गरियो ।”
नाम उल्लेख नगर्ने शर्तमा स्थानीय सहायताकर्मीले पीडितहरू सुन खानी, व्यापारी र किसान रहेको बताए । “सुनसान स्थानमा हत्या गरियो, शवहरू बरामद गर्न र उनीहरूको सम्मानका साथ अन्त्येष्टि गर्न सेनाको उपस्थिति आवश्यक छ”, उनले भने ।
एडिएफले सन् २०१९ मा इस्लामिक स्टेट समूहप्रति वफादारीको वाचा गरेको थियो । एडिएफमाथि कङ्गोका नागरिकको नरसंहारका साथै छिमेकी युगान्डामा आक्रमण गरेको आरोप लगाइएको छ ।
सन् २०२१ को अन्त्यमा कङ्गो र युगान्डाका सेनाहरूले उत्तरी किवु र छिमेकी प्रान्त इतुरीमा एडिएफविरुद्ध संयुक्त अभियान सञ्चालन गरे पनि अहिलेसम्म सर्वसाधारणमाथि घातक आक्रमणलाई रोक्न सकेका छैनन् ।













६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया