मंगलबार, पुष १५, २०८२

येचुरीको अन्तिम संस्कारमा सहभागी हुन एमाले नेता पोखरेल भारत जाने

मेरोन्यूज २०८१ भदौ २८ गते १७:४१

काठमाडौं । नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो । भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन भएको थियो । यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताल लाई बुझाउने बताइएको छ । 

प्रतिक्रिया