बिहीबार, पुष १७, २०८२

रोहितकुमार पौडेल बने वर्षको उत्कृष्ट पुरुष खेलाडी

मेरोन्यूज २०८१ भदौ २८ गते १९:२८

काठमाडौं । राष्टिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो ।

यस विधाको मनोनयनमा रोहितसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ थिए ।

हाल रोहित लिग-२ खेल्न क्यानडामा रहेकाले उनका आमा र दाजुले अवार्ड ग्रहण गरेका थिए ।

प्रतिक्रिया