सोमबार, पुष १४, २०८२

भोटेकोसीमा खसेको गाडी भेटियो

मेरोन्यूज २०८१ भदौ २८ गते २०:०१

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा खसेको गाडी भेटिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले क्रेनको सहायताले उक्त बोलेरो नदीबाट बाहिर निकालिएको छ ।

प्रहरीका अनुसार नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको छ । गाडीमा मान्छे नभेटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया