जनप्रतिनिधसँग पुल र सडक निर्माणको माग गर्दै खजुरावासी

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकावासीले जनप्रतिनिधिसँग पेडारी खोलाको जीर्ण पुल र सडक निर्माणको माग गरेका छन् । स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपालगञ्ज-गुलरिया हुलाकी सडक अन्तर्गत बाँकेकोे खजुराबजार नजिकै रहेको पेडारी खोलाको जीर्ण पुल र सडक निर्माण गर्ने चुनावी योजना बनाएका जनप्रतिनिधिले चुनाव जितेको दुई वर्षसम्म पनि पुल र सडक निर्माणमा चासो नदिएको उनीहरुको गुनासो छ ।
पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराउन खजुराका अगुवा रमेश सिञ्जाली, राजेन्द्र आचार्य र राजकुमार विक लगायतको नेतृत्वमा खजुरावासीले खजुरा गाउँपालिकामार्फत उक्त क्षेत्रका सबै जनप्रतिनिधिलाई शुक्रबार ज्ञापनपत्रसमेत बुझाएका छन् ।
गाउँपालिका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्लमार्फत बाँके क्षेत्र नं ३ का सांसद किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी र रत्न खत्रीलाई जीर्ण पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराइएको स्थानीय अगुवा रमेश सिञ्जालीले बताए ।
विसं २०७४ मा ठेक्का सम्झौता भएर पटक–पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको एक हजार आठ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहीन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जीर्ण भएर कुनैपनि बेला खस्न सक्ने अवस्थामा पुग्दासमेत निर्माणका लागि जनप्रतिनिधिले तदारुकता नदेखाएको उनले उल्लेख गरे।
पेडारी खोलाको पुल साँघुरो र जीर्ण अवस्थामा रहेकोले वर्षाद्को समयमा बाढी आउनासाथ पुल वारीपारीको तीन सय मिटर सडकक्षेत्रमा पानी भरिएर आवतजावत बन्द हुने र सडक जीर्ण भएर सवारी सञ्चालनका कठिनाइ हुने गरेको सिञ्जालीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष विकले पेडारी खोलामा पुल र खजुराबजारको एक हजार आठ सय मिटर सडक निर्माणको लागि पटक/पटक सङ्घीय सरकारसँग माग गर्दै आएको बताए ।











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया