म्यानमाको जुन्टाद्वारा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको आह्वान

काठमाडाैँ । म्यानमाको जुन्टा प्रमुख मिन आङ ह्लाइङले शनिबार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको लागि अनुरोध गरेका छन् ।
म्यानमा, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ’यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढीपहिरोले करिब ३०० जनाको ज्यान लिएको छ ।
म्यानमामा दुई लाख ३५ हजारभन्दा बढी मानिसहरू बाढीको प्रभावबाट बच्न आफ्नो घर छोड्न बाध्य भएका छन्, जुन्टाले शुक्रबार भन्यो ।
“सरकारी अधिकारीले पीडितहरूलाई प्रदान गरिने उद्धार र राहत सहायता सामाग्री प्राप्त गर्न विदेशी देशसँग सम्पर्क गर्न आवश्यक छ”, मिन आङ ह्लाइङले शुक्रबार भन्नुभयो, “उद्धार, राहत र पुनःस्थापनाका कार्यहरु सकेसम्म चाँडो व्यवस्थापन गर्न आवश्यक छ ।”
एक सैन्य प्रवक्ताले देशका केही क्षेत्रसँग सम्पर्क गुमाएको र मध्य मांडले क्षेत्रको सुन खानीमा गएको पहिरोमा दर्जनौँ पुरिएको घटनाबारे अनुसन्धान भइरहेको बताए।
म्यानमाको सेनाले पहिले विदेशबाट प्राप्त हुने मानवीय सहायतालाई अवरुद्ध गरेको थियो ।
गत वर्ष यसले देशको पश्चिममा आएको शक्तिशाली चक्रवात ’मोचा’का करिब १० लाख पीडितहरूसम्म पुग्न खोज्ने सहायता समूहको यात्रा अनुमति निलम्बन गरेको थियो ।
सन् २००८ मा म्यानमामा चक्रवात ’नरगिस’ले कम्तीमा १ लाख ३८ हजार मानिसको ज्यान लिएपछि तत्कालीन जुन्टामाथि आपतकालीन सहायता अवरुद्ध गरेको र सुरुमा मानवीय कामदार र आपूर्तिको पहुँच दिन अस्वीकार गरेको आरोप लगाइएको थियो ।
शनिबार सेनाद्वारा निर्मित राजधानी नेपिडो वरपरको बाढी प्रभावित क्षेत्रमा सैन्य ट्रकमार्फत साना उद्धार डुङ्गाहरू पुर्याइरहेका एएफपीका सञ्चारकर्मीले बताएका छन् ।
राजधानी वरपरको क्षेत्रमा बाढीले विनाशकारी पहिरो निम्त्याएको र बिजुली टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।













कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया