पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

काठमाडौँ । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए ।
यस खेलमा प्रिमियर लिगको पहेलो कार्डको नयाँ किर्तिमान समेत बनेको छ । यस खेलमा कुल १४ पहेलो कार्ड देखाइएको थियो । जसमा चेल्सीका खेलाडीलाई ८ र बोर्नमाउथका ६ खेलाडीलाई पहेलो कार्ड देखाइएको थियो । यस अघि प्रिमियर लिगमा १३ पहेलो कार्डको किर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो ।
यो चेल्सीको यस सिजनमा दोस्रो जित हो । ४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अंक भएको छ । त्यस्तै बोर्नमाउथको भने ४ खेलमा ५ अंक रहेको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया