भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी
मेरोन्यूज
२०८१ भदौ ३० गते ७:११

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सिसिडाडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । दुवै गोल पेनाल्टीबाट भएका थिए ।
यो जितपछि रियल म्याड्रिडको ५ खेलमा ११ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै रियल सोसीडाडको भने यस सिजनमा यो तेस्रो हार हो । ५ खेलमा ४ अंक रहेको सोसीडाड १६औं स्थानमा झरेको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया