रोनाल्डोलाई भाइरल इन्फेक्सन, एएफसी च्याम्पियन्स लिगको खेल गुमाउने
मेरोन्यूज
२०८१ भदौ ३० गते १७:५३

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेल गुमाउने भएका छन् ।
इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका हुन् । अल नासरले रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको हो ।
अल नासरले सोमबार राति अल शोर्टासँग उसको घरेलु मैदानमा खेल्दै छ ।
हालै आफ्नो ९०० गोल पुरा गरेका रोनाल्डो सक्रिय फुटबल खेलिरहेका बेला भाइरलका कारण उनको खेलमा ब्रेक लागेको छ । अल नासरले उनी केहि दिनको आरामपछि टिममा फर्किने बताएको छ ।
रोनाल्डोले यस सिजनमा अल नासरका लागि ५ खेलमा ४ गोल गरेका छन् ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया