‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

एक शक्तिशाली आँधी ‘बेबिन्का’ चीनको पूर्वी समुद्री किनारतर्फ लागेको छ भने यसका कारण दक्षिणी जापानको टापुका बासिन्दालाई आइतबार सम्भावित पहिरोको चेतावनी जारी गरिएको छ ।
चक्रवात ‘बेबिन्का’ आइतबार राति जापानको अमामी टापु हुँदै १९८ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।
“अमामी क्षेत्रमा हाल भारी वर्षाका कारण पहिरोको खतरा बढेको छ,” जेएमएले भन्यो ।
उक्त आँधी सोमबार बिहान साङ्घाई नजिकै अवतरण हुने पूर्वानुमान गरिएको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले जापान र अन्य ठाउँमा भारी वर्षाको जोखिम बढाइरहेको छ । गत महिना, एक शक्तिशाली आँधीले जापानभरी निम्त्याएको भारी वर्षाका कारण सडक दुर्घटना हुँदा कम्तिमा छ जनाको मृत्यु भएको थियो ।
सन् २०२१ मा भारी वर्षाका कारण जापानी सहर अटामीमा गएको विनाशकारी पहिरोमा परी २७ जनाको मृत्यु भएको थियो ।













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया