नाइजेरियामा डुंगा पल्टिँदा ४१ जनाको मृत्यु
मेरोन्यूज
२०८१ भदौ ३० गते १८:३३

नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुंगा पल्टिँदा कम्तीमा ४१ जनाको शव फेला परेको छ भने अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।
पच्चासभन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुंगा गुम्मी नजिकैको नदीमा पल्टिएको हो ।
डुंगामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुङ्गाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए । दुर्घटनापश्चात स्थानीय अधिकारीहरूले तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जाम्फारा राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख हसन दौराले घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताए।
नाइजेरियामा प्रायः डुङ्गा दुर्घटनाहरू ओभरलोडिङ, प्रतिकूल मौसम अवस्था र परिचालन त्रुटिहरूले गर्दा हुन्छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया